काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँमा कारोबार भएकामा आजका लागि खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ कायम भएको छ ।
साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८.९४ र बिक्रीदर १४९.६० रुपैयाँ भएकोमा आज खरिददर १४८.८८ रुपैयाँ र बिक्रीदर १४९.५५ रुपैयाँ निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.७७ रुपैयाँ र बिक्रीदर १७७.५७ रुपैयाँ रहेकामा आजका लागि खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कायम छ ।
केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८.३६ रुपैयाँ र बिक्रीदर १५.०७ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ९०.३४ रुपैयाँ र बिक्रीदर ९०.७५ रुपैयाँ निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९८.३८ रुपैयाँ र बिक्रीदर ९८.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३७ रुपैयाँ र बिक्रीदर १०३.८४ रुपैयाँ कायम भएको छ ।
जापानी येन १० को खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ कायम छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ कायम भएको छ ।
थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ कायम छ । साथै युएई दिराम एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१.३९ रुपैयाँ र बिक्रीदर ३१.५४ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर १०.१५ रुपैयाँ र बिक्रीदर १०.१९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१५ रुपैयाँ र बिक्रीदर १३.२१ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९५ रुपैयाँ र बिक्रीदर २०.०४ रुपैयाँ छ ।
हङकङ डलर एकको खरिददर १७.१६ पैसा र बिक्रीदर १७.२४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५७ पैसा र बिक्रीदर ४४०.५३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५४.७९ रुपैयाँ र बिक्रीदर ३५६.३८ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।