फाइनान्स कम्पनीहरूको खुद नाफा २३ करोड ४८ लाख, ५ वटा घाटामा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटा बेहाेरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटा
बेहाेरेका छन् ।

साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

घाटा बेहाेर्ने कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धिले साउनमा ८ करोड ६९ लाख घाटा बेहाेरेकाे छ । यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई समान ८, ८ लाख रुपैयाँ घाटा लागेको छ ।

कुन कम्पनीलाई खुद नाफा/घाटा कति ? : 

Share News