सहकारी ठगी प्रकरणमा रवि भन्छन्- संलग्नता नभएको पुष्टि भइसक्यो

<p>काठमाडौं । संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ । सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै चार जनालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त [&hellip;]</p>

काठमाडौं । संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ । सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै चार जनालाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

प्रतिवेदनमा कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुने उल्लेख छ । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकम जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले भने आफू संलग्न नरहेको पुष्टि भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

उनले सहकारी रकम अपचलन भएका सबैलाई न्याय दिने बताउँदै आफू सरकारमा हुँदा सोही प्रयास गरेको पनि बताए ।

याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा

Share News