उड्नै लागेको बुद्ध एयरबाट जब यात्रुलाई ओरालियो

<p>काठमाडौं । बुद्ध एयरमा प्राविधिक समस्या देखिएको छ । सोमबार काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको बुझिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको बुझिएको छ । सोमबार बुद्ध एयरको नाइन एन-एआईटी जहाज बिहान भरतपुर उड्ने तयारीमा थियो । सबै यात्रुहरु जहाजमा बसिसकेका थिए । [&hellip;]</p>

काठमाडौं । बुद्ध एयरमा प्राविधिक समस्या देखिएको छ ।

सोमबार काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको बुझिएको छ ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको बुझिएको छ ।

सोमबार बुद्ध एयरको नाइन एन-एआईटी जहाज बिहान भरतपुर उड्ने तयारीमा थियो । सबै यात्रुहरु जहाजमा बसिसकेका थिए ।

तर, उड्ने तयारी गरेको जहाजमा समस्या देखिँदा यात्रुलाई ओराल्नु परेको छ । यसले यात्रुलाई असुविधा भएको गुनासो आएको छ ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको पनि जानकारी प्राप्त भएको छ ।

Share News