निरन्तर ओरालो लाग्दै विदेशी मुद्राको भाउ

<p>काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ घटेको छ । तर, अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको मूल्य भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १७ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.९१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.५८ रुपैयाँ तोकेको [&hellip;]</p>

काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ घटेको छ । तर, अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको मूल्य भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १७ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४७.९१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.५८ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.९ड रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२२ रुपैयाँ र बिक्रीदर ९९.६७ रुपैयाँ तोकिएको छ ।

यसअघि युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४९.०६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.३५ रुपैयाँ र बिक्रीदर ९९.८० रुपैयाँ तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको छ ।

Share News