सम्पत्ति छानबिन गर्न माग गर्दै कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । कुलमानको सम्पत्तिसहित विभिन्न विषयमा अनुसन्धानको माग गर्दै खरेलले आयोगमा उजुरी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । कुलमान अर्बौंको मालिक भएको भन्दै १७ वटा बैंक खाता खोलेर एक वर्षमा [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

कुलमानको सम्पत्तिसहित विभिन्न विषयमा अनुसन्धानको माग गर्दै खरेलले आयोगमा उजुरी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

कुलमान अर्बौंको मालिक भएको भन्दै १७ वटा बैंक खाता खोलेर एक वर्षमा ठूलो रकम कारोबार गरेको उनको आरोप छ ।

खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको दाबी गरेका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेकोसमेत उल्लेख गरेका छन् ।

‘कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ,’ उनले भनेका छन्, ‘कुलमानले २०७५ /२०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए, उनले ती कम्पनीसँग विद्युत नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुपरेको हो ।’

Share News