काठमाडौं । सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो ।
नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा बुधबार सौर्य एयरको सीआरजे ७ जहाज काठमाडौंबाट ११ बजेर ११ मिनेटमा उड्ने वित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको उल्लेख गरेको छ ।
घाइते भएका पाइलटलाई केएमसी अस्पतालमा लगिएको छ । उनको टाउकोमा ठूलो चोट लागेको बुझिएको छ । उनले अस्पतालका स्वास्थ्कर्मीहरुसँग घरमा फोन लगाइदिन आग्रह गरेको पनि बुझिएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सौर्य एयरलाइन्सकै उच्च व्यवस्थापनका कर्मचारीहरु रहेका छन् । सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनमा रहेका क्याप्टेन मनिसरत्न शाक्य चिफ अपरेटिङ अफिसरका रुपमा पनि काम गर्थे ।
यस्तै, दुर्घटनामा मृत्यु हुनेमा उच्च व्यवस्थापन तथा चिफ क्यूए दिलिप बर्मा, सुरक्षा प्रमुख सागर कुमार आचार्य, मेन्टेनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल र सीएएमओ म्यानेजर आश्विन कुमार निरौला रहेका छन् । दुर्घटनामा पर्ने सबै सौर्य एयरकै कर्मचारी हुन् । अधिकांश कर्मचारी टप मेनेज्मेन्टकै रहेको बुझिएको छ ।
यी हुन् दुर्घटनामा परेका सौर्य एयरका कर्मचारी
