नेपाल एयरलाइन्सले तिर्यो ४३ करोडभन्दा बढी ऋण

<p>काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले जहाज खरिदवापतकाे ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड [&hellip;]</p>

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले जहाज खरिदवापतकाे ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको उल्लेख छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २ सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पौडेलले बताए ।

यस्तै विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न दुई कोषलाई निगमको आग्रह छ ।

यसैगरी किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।

Share News