काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आएको छैन । बाढीपहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन् ।