
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् । सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए ।
तर अहिलेका युवा विद्यार्थीहरुले राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए । उनले युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेतृत्व हुन आवश्यक रहेको जानकारी दिए ।
प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरुले देश छाडेर गइरहेको बताए ।
‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ । सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं । विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ’, उनले भने ।
उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको जानकारी दिए ।