काठमाडौं । परदेशमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ । विभिन्न कारण विदेश जाने नेपालीको संख्या २१ लाख ९० हजार ५ सय ९२ जना पुगेकाे छ । राष्ट्रिय तथ्यांक कार्यालययले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ सालसम्म विभिन्न देशमा २१ लाख बढी नेपाली बसोबार गरिरहेका छन् । जसमा सबैभन्दा धेरै मध्यपूर्वका देशहरूका रहेको पाइएको छ ।
प्रतिवेदनअनुसार मध्यपूर्वका देशमा सबैभन्दा बढी ८ लाख ४ हजार ६ सय १४ अर्थात ३६.७ प्रतिशत नेपाली छन् । यस्तै, भारतमा ७ लाख ४४ हजार ८ सय ५५ अर्थात् ३४.० प्रतिशत छन् । यस्तै, सार्कका अन्य मुलुकमा ६ हजार ४ सय ७६ (०.३ प्रतिशत), अन्य एसियानमा १ लाख ९८ हजार ५ सय ४५ जना (९.१ प्रतिशत) ,युरोपियन युनियनमा ६७ हजार ५ जना (३.१ प्रतिशत), एसियाका अन्य देशहरूमा १ लाख २५ हजार ३ सय १० जना (५.७ प्रतिशत) अन्य युरोपियन देशहरूमा ४४ हजार ९ सय ९२ जना (२.१ प्रतिश) नेपाली रहेका छन् ।
तथ्यांकअनुसार यूएस र क्यानडामा ८८ हजार ४ सय ८८ जना, दक्षिण अमेरिकामा ८ सय १० जना अफ्रिकामा ५ हजार ५ सय अर्थात् ०.३ प्रतिशत, प्यासिफिक देशहरूमा ९४ हजार ५ सय ३३ अर्थात् ४.३ प्रतिशत, अन्य देशहरूमा ४ हजार २ सय ९ अर्थात ०.२ प्रतिशत र नेपाली रहेका छन् भने ५ हजार २ सय ५२ जना कुन देशमा छन् भन्ने विषय खुलेकाे छैन ।
साढे १४ लाख नोकरीका लागि विदेसिए
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार साढे १४ लाख नेपाली नोकरी तथा तलबका लागि विदेसिएका छन् । २०७८ सालसम्म कुल १४ लाख ५० हजार ५ सय ३८ नोकरीका लागि विदेसिएका छन् । मध्यपूर्वका देशमा नोकरी खोज्न जाने नेपालीको संख्या पनि सबैभन्दा धेरै छ । जहाँ ६ लाख ७५ हजार ६ सय ९९ अर्थात् ४६.६ प्रतिशत मध्यपूर्वका देशहरूमा गएका छन् ।
यस्तै, नाेकरी खाेज्नका लागि भारतमा जाने नेपालीकाे संख्या ४ लाख ४७ हजार ४ सय ७६ जना रहेकाे छ । जुन कुल विदेसिएकाहरूकाे ३०.८ प्रतिशत हाे । आसियन देशहरूमा १ लाख ६१ हजार ७ सय ६९ (११.२ प्रतिशत), सार्कमा ३ हजार ५ सय ४ (०.२ प्रतिशत) प्रतिशत,अन्य एसियन देशमा ६५ हजार ५ सय १ (४.५ प्रतिशत), युरोपियन युनियनका देशहरूमा ३४ हजार ४ सय १३ जना (१.६ प्रतिशत),अन्य पुरोपियन मुलुकमा १७ हजार २ सय ७ जना (१.२ प्रतिशत) क्यानडामा ३३ हजार ४ सय २२ जना (१.६ प्रतिशत), दक्षिण अमेरिका ४ सय ९९ जना नेपाली बसाेबास गर्ने गरेका छन् ।
अफ्रिकन देशमा३ हजार ५ सय ६७ (०.२ प्रतिशत), प्यासिफिक देशहरूमा १२ हजार १ सय ८७ ०.८ प्रतिशत), अन्य देशमा २ हजार ७ सय २५ (०.२) नेपाली नाेकरीका लागि गएका छन्र ।
१३ हजार बढीको व्यापार विदेशमा
नेपालीहरू विदेशमा पनि व्यापार व्यवसाय गर्ने प्रयोजनका लागि गएका छन् । कार्यालयको तथ्यांकअनुसार १३ हजार १ सय २६ जना नेपाली विभिन्न देशमा बसेर व्यापार व्यवसाय गरिरहेका छन् । व्यापारका लागि सबैभन्दा बढी भारतमा गएका छन् । जहाँ ५ हजार २ सय २१ अर्थात ३९.८ प्रतिशत नेपाली छन् ।
यस्तै, सार्क देशहरूमा ३६ जना, एसियन देशहरूमा ८ सय १५ जना(६.२ प्रतिशत),मध्यपूर्वमा ३ हजार ८० जना, (२३.५ प्रतिशत) अन्य एसियन देशमा १ हजार १ सय ८२ जना (९ प्रतिशत), युरोपियन युनियनमा ५ सय २२ जना (४.२ प्रतिशत), अन्य युरोपियन देशमा ३ सय २ जना (२.३ प्रतिशत), यूएसए र क्यानडामा ९ सय ६४ जना (७.३ प्रतिशत), दक्षिण अमेरिकामा ७ जना, अफ्रिकामा ३८ जना र प्यासिफिक देशहरूमा ८ सय ७५ जना (६.५ प्रतिशत) र अन्य देशहरूमा ३२ जना नेपाली व्यवसाय गर्नका लागि विदेश गएका छन् । ४० जना नेपाली कुन देशमा व्यवसाय गर्छन् भन्ने विषय खुलेकाे छैन ।

करिब तीन लाख अध्ययनका लागि गए
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ९३ हजार ७७ नेपाली अध्ययन तथा तालिमको लागि विदेश गएका छन् । जसमा सबैभन्दा धेरै प्यासिफिक देशमा ६६ हजार ४ सय ७७ अर्थात ३१.७ प्रतिशत विद्यार्थी गएका छन् ।
यस्तै क्यानडमा धेरै नेपाली अध्ययनका लागि गएका छन् । जहाँ ३६ हजार १ सय ७९ अर्थात् १७.३ प्रतिशत नेपाली गएका छन् । यस्तै, भारतमा ३३ हजार २ सय ६६ (१५.९ प्रतिशत),सार्कमा १ हजार ९ सय ४० (०.९ प्रतिशत),एसिएन देशहरूमा १ हजार ३ सय ५६ (०.६ प्रतिशत), मध्य पूर्वका देशहरूमा ४ हजार १ सय १५ जना र अन्य एसियन देशमा ३४ हजार ७ सय ७४ (१६.६ प्रतिशत नेपाली अध्ययनका लागि गएका छन् ।
यस्तै, युरोपियन युनियन देशहरूमा १८ हजार ६ सय ७८ जना (८.९ प्रतिशत) अन्य युरोपियन देशहरूमा १० हजार ६ सय २९ जना (५.१ प्रतिशत) दक्षिण अफ्रिकामा १ सय २६ जना (०.१ प्रतिशत) अफ्रिकन मुलकमा ९ सय ३६ जना (०.४ प्रतिशत) र अन्य देशमा ४ सय ५९ जना (०.२ प्रतिशत) नेपाली अध्ययनका लागि गएका छन् । ४ सय ३ अर्थात ०.२ प्रतिशत विद्यार्थी कुन देशमा अध्ययन गर्छन् भने खुलेकाे छैन ।
कामको खोजीमा बाहिरिए साढे २ लाख
कामको खोजीमा भन्दै साढे दुई लाख नेपाली विदेसिएका छन् । कुल २ लाख ४२ हजार ३ सय ८४ नेपाली कामको खोजीमा विभिन्न मुलुक पुगेका हुन् । सबैभन्दा धेरै नेपाल कामको खोजीमा भारत पुगेका छन् । जहाँ १ लाख ६७ हजार ६८ अर्थात् ४४.० प्रतिशत नेपाली गएका छन् ।
यस्तै, मध्यपूर्वका देशहरूमा ८९ हजार २ सय ३४ अर्थात् ३६.८ प्रतिशत छन् भने सार्कका देशहरूमा ४ सय ७५ जना (०.२ प्रतिशत), एसियन मुलुकमा २४ हजार १ सय ६१ (१०.० प्रतिशत), अन्य एसियन मुलुकमा ८ हजार ४० जना (३.३ प्रतिशत), युरोपियन युनियनमा ४८ हजार ३४ (२ प्रतिशत),अन्य युरोपियनका मुलुकमा १ हजार ८ सय ३५ जना र क्यानडामा ३ हजार ९ सय ७५ (१.६ प्रतितशत) नेपाली विदेसिएका छन् ।
दक्षिण अमेरिकामा ८० जना, अफ्रिकामा ३ सय ३८ जना, प्यासिफिक देशमा १ हजार ६ सय ६१ जना र नेपाली कामकाे खाेजीमा गएका छन् ।
२ लाख २७ हजार आश्रितमा गए
अधिकांश नेपालीहरु आश्रितमा पनि विदेसिएका छन् । परिवारको कुनै सदस्य विदेशमा छन् भने अन्य सदस्य पनि आश्रितमा विदेसिने अभ्यास बढ्दै गएको छ । तथ्यांक कार्यालयको तथ्यांकअनुसार २ लाख २७ हजार ७२ जना नेपाली आश्रितका लागि विभिन्न देश पुगेका छन् । जसमा सबैभन्दा धेरै आश्रितका लागि भारतमा गएको देखिएको छ । त्यहाँ १ लाख २९ हजार ६४ अर्थात् ५६.८ प्रतिशत नेपाली छन् ।
यस्तै, सार्क मुलुकमा ४ सय १५,एसियन देशमा ८ हजार ४ सय १७ (३.७ प्रतिशत), मध्यपूर्वका देशहरूमा २५ हजार ३ सय ३८ जना (११.२ प्रतिशत), अन्य एसियन देशमा १३ हजार ४ सय जना ११ (५.९ प्रतिशत), युरोपियन युसिनयनका देशमा ७ हजार २ सय २९ (३.२ प्रतिशत), अन्य युरोपियय युनियन मुलुकमा १२ हजार १ सय ३३ (५.३ प्रतिशत) नेपाली गएका छन् ।
यस्तै, क्यानडामा १८ हजार ९७(८ प्रतिशत), दक्षिण अमेरिकामा ७९ जना, अफ्रिकन मुलुकमा ३ सय ३५ जना, प्यासिफिक देशहरूमा ११ हजार ४ सय ६९ (५.१ प्रतिशत) र अन्य देशमा ३ सय २२ जना नेपाली आश्रितमा गएका छन् । ७ सय ७३ अर्थात् ०.३ प्रतिशत नेपाली भने कुन देश गएका हुन् भन्ने खुलेकाे छैन ।