ग्रामीण विकास लघुवित्तले डाक्यो नवौं वार्षिक साधारण सभा

<p>काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले असार १५ गते प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुने गरी साधारण सभा डाकेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह [&hellip;]</p>

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ ।

जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले असार १५ गते प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुने गरी साधारण सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आर्थि २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ असार २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनी कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Share News