
काठमाडौं । काभ्रेको मण्डन देउपुरमा रहेको चारतारे होटल मिस्टिक माउन्टेन प्राइभेट लिमिटेडले २०२३ मा ३३ करोड रुपैयाँकाे काराेबार गरेको छ । पर्यटन विभागले चारतारे स्तरको मान्यता दिएको यो होटलको काराेबार ३१ प्रतिशतले बढेकाे छ ।
सन् २०२२ मा उक्त होटलले २५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा १४ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा २२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।
एक वर्षको अवधिमा होटलको व्यापार ७ करोड ८० लाख रुपैयाँ बढेको छ । होटलको प्रतिकोठा आम्दानी पनि बढेको छ । प्रतिकोठा आम्दानी ६ हजार ३ सय रुपैयाँ पुगेको छ । गत वर्ष होटलको प्रतिकोठा आम्दानी ३ हजार ९ सय रुपैयाँ थियो ।
२०१७ मा ३३ कोठासहित सञ्चालनमा आएको होटलमा अहिले सुविधासम्पन्न ७२ कोठा छन् । ३.५ एकड क्षेफलमा फैलिएको होटलका दुई ब्लक छन् । होटलको सबै स्वामित्व व्यवसायी बालकृष्ण ध्वजुको छ। नेपाली व्यवस्थापनमा सञ्चालन भइरहको होटलले जनाएको छ ।