बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

<p>काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर [&hellip;]</p>

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ मत पाए ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Share News