लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर

<p>काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जनाएकी छन् । आइतबमरदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उनले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताइन् । ‘संयुक्त राष्ट्रसंघ नेपाल र नेपाली जनताका साथमा रहेको छ,’ संयोजक हानाले भनिन्, ‘सन् २०२६ मा [&hellip;]</p>


काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

आइतबमरदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उनले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताइन् ।

‘संयुक्त राष्ट्रसंघ नेपाल र नेपाली जनताका साथमा रहेको छ,’ संयोजक हानाले भनिन्, ‘सन् २०२६ मा नेपालले ‘एलडीसी ग्रेजुएसन’को तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरूसँग देशमा दिगो लगानी बढाउन मद्दत गर्नेछौँ ।’

उनले दिगो विकासका लागि सन् २०३० ‘एजेन्डा’मार्फत सदस्य राष्ट्रहरूले प्रतिबद्धता जनाएका र यसले नेपालमा लगानीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

‘देशको लगभग आधा भाग वनजङ्गलले ओगटेको, हिमालयन ग्लेशियरहरूले ताजा पानी प्रदान गर्नाका साथै नदीहरूको ‘डाउनस्ट्रिम’बाट अनुमानित ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ,’ संयोजक हानाले भनिन्।

यस्तो लगानीले कार्बन ‘अफसेट’ गर्न, दिगो ऊर्जामा सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्याउन योगदान तथा विश्वव्यापी तापक्रमको वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न योगदान पु¥याउनुपर्नेमा उनको जोड छ ।

Share News