बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News