साढे ३ अर्ब लगानीमा भैरहवामा एडभान्स इन्टरनेसनल हस्पिटल बन्दै

<p>काठमाडौं । रुपन्देहीको भैरहवामा अत्याधुनिक सुविधासहितको हस्पिटल बन्ने भएको छ । सन् २०२५ भित्र सञ्चालनमा आउने योजनासहित उक्त स्थानमा एडभान्स इन्टरनेसनल हस्पिटल बन्न लागेको हो । निर्माणाधीन अवस्थामा रहेको उक्त अस्पताल प्रतिबेड २ करोड ४५ लाख (अर्थात तीन अर्ब ६७ करोड ५० लाख रुपैयाँ) लगानीमा बन्न लागेको छ । जसको बेड क्षमता १५० रहेको छ [&hellip;]</p>

काठमाडौं । रुपन्देहीको भैरहवामा अत्याधुनिक सुविधासहितको हस्पिटल बन्ने भएको छ । सन् २०२५ भित्र सञ्चालनमा आउने योजनासहित उक्त स्थानमा एडभान्स इन्टरनेसनल हस्पिटल बन्न लागेको हो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त अस्पताल प्रतिबेड २ करोड ४५ लाख (अर्थात तीन अर्ब ६७ करोड ५० लाख रुपैयाँ) लगानीमा बन्न लागेको छ । जसको बेड क्षमता १५० रहेको छ । याे  तुलनात्मक रूपमा धेरै रकम हो ।अस्पतालमा कमल भण्डारीको ४३ प्रतिशत र सुरज उप्रेतीको ५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सन् २०२४ को फेब्रुअरीसम्म हस्पिटलको २७ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । बन्दै गरेको उक्त अस्पतालमा संस्थापकहरूको २७ प्रतिशत र बाँकी ७३ प्रतिशत वित्तीय लगानी हुनेछ । हालसम्म संस्थापकहरूले कूल लगानीको २४ प्रतिशत लगानी गरिसकेका छन् ।

हस्पिटल निर्माणका लागि कम्पनीले २ अर्ब ५४ करोड ऋण लिँदै छ । जसको लागि केयर रेटिङ एजेन्सी केयर नेपालमा रेटिङ गराएको छ । जसमा इक्रा नेपालले दीर्घकालीन अर्थात २ अर्ब ५० करोड कर्जाका लागि एलबी प्ल्स र अल्पकालीन अर्थात ४ करोड कर्जाको लागि एफोरको रेटिङ दिएको छ ।

Share News