मुख्यसचिवको अनियमितता प्रकरणको विषय आगामी मन्त्रिपरिषद् बैठकमा उठाउँछुः रक्षामन्त्री

<p>काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने [&hellip;]</p>

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगामी मन्त्रीपरिषद्को बैठकमा यसबारेमा कुरा उठाउने बताए ।

उनले भने, ‘मन्त्रीपरिषद्मा यो विषयमा म कुरा राख्छु । अहिले यो विषयमा छलफल भएको छैन । कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन । आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु ।’

मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।

Share News