काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । बैंकको सञ्चालक बन्नका लागि १४ जनाले आवेदन दिएको निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैंकको सञ्चालक बन्न संस्थापक सेयरधनीहरूको समूहबाट ११ जना र सर्वसाधाण सेयरधनीहरूको समूहबाट ३ जना गरी १४ जनाले उम्मेदवारी दिएका हुन् ।
बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी पृथ्वी बहादुर पाँडेले उम्मेदवारी दिएका छन् । ६९ वर्षिय पाँडेले छाया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी हाल पनि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् ।
यस्तै, मुक्ति राम पाण्डे, मदन कुमार आचार्य, डा. इन्द्र बहादुर मल्ल ठकुरी, केयुपि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै प्रजन्य राजभण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै, सोफिया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै वरुण श्रेष्ठ, नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै पर्वत कुमार कार्कीले उम्मेदवारी दिएका छन् ।
भिम प्रसाद पन्त, डा.तारा प्रसाद सापकोटा, रवि महर्जन, सुशिल गौचनले सञ्चालक बन्न उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।
सर्वसाधाण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कवि कुमार टिवरेवाला, चक्र बहादुर थापा र विकाश थापाले आवेदन दिएका छन् ।
निर्वाचन अधिकृकतका अनुसार उम्मेदवारहरूको नामउपर दावी विरोधमा चैत ७ गतेसम्म उजुरी दिने समय रहेको छ । सोही दिन नै उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन श्रेष्ठले बताए ।
बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित चैत २० गते ३७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यदि उम्मेदवारहरूले नाम फिर्ता लिएनन् भने चैत २० गते निर्वाचन हुनेछ ।