राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, भन्छन्- धेरै खुशी छु

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आचार्यलाई बर्खास्त गरेको हाे । राष्ट्र बैंक स्रोतका अनुसार आचार्यलाई बर्खास्त गरेकाे निर्णय गभर्नरको कार्यालयलाई पठाएकाे छ । जनशक्ति विभागले निर्णय गरेर नै पठाएको हुँदा आजदेखी नै लागू हुने गरी आचार्यलाई बर्खास्त गरिएकाे हाे । भविष्यमा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आचार्यलाई बर्खास्त गरेको हाे ।

राष्ट्र बैंक स्रोतका अनुसार आचार्यलाई बर्खास्त गरेकाे निर्णय गभर्नरको कार्यालयलाई पठाएकाे छ । जनशक्ति विभागले निर्णय गरेर नै पठाएको हुँदा आजदेखी नै लागू हुने गरी आचार्यलाई बर्खास्त गरिएकाे हाे ।

भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्रमा उल्लेख छ । पदबाट हटाइए पनि उनले पाउने सेवा सुविधा भने पाउने छन् ।

‘अयोग्य नठहरिने गरी निर्णय भएकाले सेवा सुविधा पाउनु हुन्छ, नियमअनुसार पेन्सन लगायतका सुविधा पाउनु हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

आफूलाई बर्खास्त गरेको हल्ला सुनेको थानेश्वर आचार्यले बताए । उनका अनुसार अहिलेसम्म उनले पत्र भने पाएका छैनन् ।

‘आधिकारिक हेर्न र बुझ्न पाएको छैन, यदि त्यस्तो भएपनि म खुसी नै छु,’ उनले भने ।

गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा आचार्यले महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

Share News