काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न निर्देशन दिएका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन शुक्रबार बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न निर्देशन दिएका हुन् ।
‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस्, , तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस्, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्नुस्,’ प्रचण्डले रविलाई भनेका छन् ।