
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको अपराह्न बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । राष्ट्रियसभा अध्यक्षको चुनाव मंगलबार हुँदैछ ।
कांग्रेसले नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने उद्देश्यसहित चुनावमा अघि सारे पनि सत्ता गठबन्धन परिवर्तन भएसँगै नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ ।
सभापति शेरबहादुर देउवाले भने सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका छन् ।
सत्ता गठबन्धनले भने माओवादी केन्द्रबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको छ ।