आईएनजीओको अधिक खर्चले माइस पर्यटन बढ्यो, होटलमै पार्टी संस्कृतिले माइस पर्यटनप्रति आकर्षण

<p>काठमाडौं १४, पुस । नेपालमा पछिल्लो तीन वर्षदेखि सभा-सम्मेलन, बैठक, गोष्ठि वा अन्तरक्रिया (माइस) पर्यटन बढेको छ । विदेशबाट आउने माइस पर्यटनमा मात्रै भर पर्नुपर्ने अवस्था नरहेको र नेपालकै विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमका कारण माइस पर्यटन बढेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । उनका अनुसार कसले के प्रयोजनको लागि कार्यक्रम गर्छ भन्दा [&hellip;]</p>

काठमाडौं १४, पुस । नेपालमा पछिल्लो तीन वर्षदेखि सभा-सम्मेलन, बैठक, गोष्ठि वा अन्तरक्रिया (माइस) पर्यटन बढेको छ । विदेशबाट आउने माइस पर्यटनमा मात्रै भर पर्नुपर्ने अवस्था नरहेको र नेपालकै विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमका कारण माइस पर्यटन बढेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए ।
mice-tourism
उनका अनुसार कसले के प्रयोजनको लागि कार्यक्रम गर्छ भन्दा पनि होटलमा वा होटल बाहिर हुने यस्तो औपचारिक कार्यक्रमले माइस पर्यटनलाई प्रवद्र्धन गरिरहेको उनको भनाइ छ । ‘जसरी आन्तरिक पर्यटकले पर्यटकीय गन्तव्य र होटल धानेका छन्, त्यसैगरी माइस पर्यटन पनि आन्तरिकले नै धान्न थालेको छन्’, शाहले भने ।

उनका अनुसार पर्यटन क्षेत्रको लागि यो सकारात्मक सन्देश पनि हो । कुनै पनि विवाह, व्रतवन्ध, कार्यालयको नयाँ प्रगति तथा रिफ्रेशमेन्टका नाममा होटलमै पुगेर पार्टी दिने संस्कृतिले पनि माइस पर्यटन प्रवद्र्धन गरिरहेको छ ।

तीन वर्ष अगाडि नेपालमा माइस पर्यटनका लागि आउने विदेशीको संख्या आठदस हजार जना मात्रै थियो । अहिले यो संख्या बढेर २५ देखि ३० हजार पुगेको पर्यटन मन्त्रालयको भनाइ छ ।

पर्यटक आवागमनकै तथ्यांक नभएकोले यति नै पुगे भनेर एकीन गर्न नसके पनि पर्यटकीय चहलपहलका आधारमा गरिने अनुमानका आधारमा भन्ने हो भने पनि माइस पर्यटन सन्तोषजनक रूपमा नै बढिरको मन्त्रालयको भनाइ छ । माइस बढ्दै जाँदा नेपालमा माइस पर्यटनको लागि उपयुक्त सम्मेलन हलको पनि जरुरी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।

आईएनजीको अधिक खर्चको  फाइदा माइस पर्यटनमा
अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को कार्यक्रमको चटारो होस् वा होटलसम्म आइपुग्ने कुनै पनि स्वदेशी संस्थाको कार्यक्रमले होस्, होटलको व्यस्तता भने बढेकै देखिएको चार तारे होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रल्हादराज कुँवरको भनाइ छ ।

उनका अनुसार दुई तीन वर्ष अगाडिसम्म होटलमा कार्यक्रम नै हुन विहेकै सिजन आउनुपर्ने थियो भने आर्थिक वर्ष तथा अंग्रेजी नयाँ वर्ष नजिकिदै गर्दा होटलमा कार्यक्रमको व्यस्थता हुने गथ्र्यो । तर, आजकाल त हरेक महिना कार्यक्रम हुने गरेको छ । जसका कारण माइस पर्यटन प्रवद्र्धन गर्न सहज हुने पनि होटलको भनाइ छ ।
mice-hl1
शाहका अनुसार होटलको विजनेश सिजन अनुसार हुने भएपनि पछिल्लो दुई वर्षदेखि भने विभिन्न प्रकारका संघ संस्थाकै कार्यक्रमले होटलको बैठककक्ष भरिने गरेका छन् ।

आईएनजीओका लागि डिसेम्बर महिना सबै भन्दा बढी पीक आवर भएकोले पनि वर्षभरीको कांर्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठक कक्ष भरिभराउ हुने गरेको शाहको बुझाई छ ।

हिमालय होटलका अनुसार उपयुक्त लोकेशनमा भएको र चारतारे भएपनि पाँचतारेसरहकै सुविधा दिने भएकोले पनि यो होटल विदेशी तथा स्वदेशीको माइस पर्यटनको गन्तव्य हुने गरेको छ ।

हिमालय होटलमा विभिन्न क्षमताका चारवटा सेमिनार हल रहेका छन् । उनका अनुसार पछिल्लो समय होटलले दैनिक चार देखि साढे चार सय जनासम्मलाई दैनिक सेमिनारसहितको सुविधा दिइरहेको छ ।

होटलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ खर्च गर्नेका लागि एक दिनको र कम्तिमा १२ सय रुपैयाँसम्म करबाहेक खर्च गर्नेका लागि आधा दिनका खाना, खाजा, नास्तासहितको बैठक हल उपलव्ध गराउँने हिमालयले जानकारी दिएको छ ।

सभा सम्मेलनको चटारो वर्षेभर
एयरपोर्ट होटलका संचालक शाहका अनुसार पछिल्लो समय बार्षिक प्रतिवेदनका लागि मात्रै नभएर त्रैमासिक तथा अर्ध वार्षिक प्रतिवेदनका लागि पनि होटलमै बैठक हुने गरेको छ । उनका अनुसार पछिल्लो समय जिल्लाबाट आउनेलाई तालिम दिने देखि रिफ्रेशमेन्ट कार्यक्रम सहितको कार्यक्रम होटलमा नै हुने गरेको छ ।

सबै संस्थाले आफ्नै कार्यालयमा तालिम तथा रिफ्रेशमेन्ट कार्यक्रम दिन नसक्ने भएकोले पनि होटल नै चाहिने शाहको बुझाई छ । उनका अनुसार एयरपोर्ट होटलमा मात्रै बार्षिक १५/२० वटा संस्थाले नियमित कार्यक्रम गर्ने गरेका छन् । यी संस्थाले वर्षभरी गर्ने सबै कार्यक्रम होटलमा गर्छन भने वार्षिक रूपमा हुने विशेष कार्यक्रम गर्न आउनेको संख्या पनि बढ्दै गएको छ । यसैले पनि वर्षेभरी सभा सम्मेलनको चटारो हुन थालेको छ ।

तीनतारे होटल एयरपोर्टले दैनिक ७०/८० जनालाई सेमिनारसहितको सेवा दिने गरेको छ । कुनै पनि संस्थाले आफ्नो बजेट अनुसार होटल तय गर्ने भएपनि औषतमा १२ सय देखि १४ सय रुपैयाँसम्म प्रतिव्यक्ति खर्च गर्न सक्ने क्षमता भएका संस्था आफ्नो होटलमा आउने गरेको शाहले भनाइ छ ।

होटल सांग्रीलाका व्याङ्क्वेट सेल्स म्यानेजर जीत लामाका अनुसार सांग्रिलामा वार्षिक रूपमै नियमित कार्यक्रम गर्ने संस्थाको संख्या बर्षेनी बढ्दै गएको छ । उनका अनुसार एउटा संस्थाले वार्षिक आठ १० वटासम्म कार्यक्रम होटलमा गर्ने गरी सम्झौता हुन थालेको छ । यसले गर्दा पनि माइस पर्यटनलाई बढाएको लामाको बुझाई छ ।

लामाका अनुसार सांग्रीलामा ५० जनासम्मको जम्मा दुईवटा सेमिनार हल रहेको छ । यो हल विगत दुई तीन महिनादेखि आगामी जनावरीसम्का लागि भरिभाराउ छ । अहिले आईएनजीओको सिजन हो भने वर्षभरी नै हुने यीनिहरूका कार्यक्रम तथा एनजीओ र अन्य संस्थाको कार्यक्रमले गर्दा सेमिनार हल प्रायः व्यस्त नै हुने गर्छ ।

सांग्रीलामा हुने सेमिनारमा ब्रेक फाण्ड लन्ज र दुईवटा चियाका लागि करबाहेक २७ सय रुपैयाँ शुल्क रहेको छ । यो शुल्क तिरेपछि दिनैभरको लागि खानपिनसहितको कार्यक्रम हुने सांग्रीलाले जानकारी दिएको छ । खाना र चियासहित आधा दिनको लागि भने होटलले प्रतिव्यक्ति १८ सय रुपैयाँसम्म लिने गरेको छ । ‘विगत तीन वर्षदेखि पाँचतारे होटलमा गोष्ठि गर्ने संस्था बढेकोले यो र उ सिजन भन्ने छैन अहिले आईएनजीओको कार्यक्रम बढी हुने गरेको भएपनि बाह्रै महिना कार्यक्रम भइरहन्छ’, लामाले भने ।

Share News