रोजीरोटीका लागि ७ महिनामा सयभन्दा धेरै देश पुगे ४ लाख बढी नेपाली

<p>काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ७ महिनामा ४ लाख बढी नेपाली रोजीरोटीका लागि विश्वका एक सय बढी मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको ७ महिनामा अर्थात् माघ मसान्तसम्म ४ लाख २ हजार ४७७ जना नेपाली रोजीरोटीका लागि विश्वका १०७ भन्दा धेरै मुलुकमा पुगेका छन् । चालु आर्थिक वर्षको शुरुको महिना [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ७ महिनामा ४ लाख बढी नेपाली रोजीरोटीका लागि विश्वका एक सय बढी मुलुकमा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आवको ७ महिनामा अर्थात् माघ मसान्तसम्म ४ लाख २ हजार ४७७ जना नेपाली रोजीरोटीका लागि विश्वका १०७ भन्दा धेरै मुलुकमा पुगेका छन् ।

चालु आर्थिक वर्षको शुरुको महिना साउनमा ५५ हजार ५७५ जना ९३ वटा देशमा र भदौमा ५० हजार ८ सय ८४ जना १०२ वटा मुलुकमा रोजगारीका लागि नेपालीले श्रम स्वीकृति लिएका थिए ।

त्यस्तै, असोजमा ५६ हजार २३५ जना ९९ वटा देशमा, कात्तिकमा ४३ हजार ६२२ जना १०४ वटा देशमा, मंसिरमा ६८ हजार २०१ जना १०७ वटा देशमा, पुसमा ६५ हजार ८ सय १३ जना विश्वका १०५ वटा देशमा र माघ महिनामा ६२ हजार १ सय ४७ जना नेपालीले विश्वका विभिन्न ९९ देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।

Share News