द्वारीकाज, बसेरा र ले हिमालयनले बेच्छन् म्याद गुज्रेका खानेकुरा, विभागले तिरायो जरिवाना

<p>काठमाडौं । काठमाडौंका प्रतिष्ठित होटेलहरु होटेल द्वारीकाज, होटेल बसेरा र ले हिमालयनले ग्राहकहरुलाई म्याद गुज्रेका खानेकुरा बेच्ने गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार, मंगलबार र बुधबार गरेको अनुगमनको क्रममा ती होटेलले म्याद गुज्रेका खानेकुराहरु किचन र स्टोरमा राखेर ग्राहकलाई बेच्ने गरेको पाइएको हो । होटेल बसेराको केशरमहलमा रहेको रेष्टुरेन्टले ग्राहकलाई [&hellip;]</p>

काठमाडौं । काठमाडौंका प्रतिष्ठित होटेलहरु होटेल द्वारीकाज, होटेल बसेरा र ले हिमालयनले ग्राहकहरुलाई म्याद गुज्रेका खानेकुरा बेच्ने गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार, मंगलबार र बुधबार गरेको अनुगमनको क्रममा ती होटेलले म्याद गुज्रेका खानेकुराहरु किचन र स्टोरमा राखेर ग्राहकलाई बेच्ने गरेको पाइएको हो ।

होटेल बसेराको केशरमहलमा रहेको रेष्टुरेन्टले ग्राहकलाई गुणस्तरहीन खानेकुरा भान्छामा भण्डारण गरेर ग्राहकलाई बेच्ने गरेको पाइएको विभागले जनाएको छ । त्यस्तै, होटेल द्वारीकाज र ले हिमालयन होटेलले पनि म्याद गुज्रेका खानेकुरा किचन र स्टोरमा राखेर बेच्ने गरेको पाइएपछि ती तीनै होटेलहरुलाई कारबाही गरिएको जनाएको छ ।

विभागले तिनै होटेलहरुलाई जनही ३ लाखको दरले जरिवाना गरेर म्याद गुज्रेका खानेकुरा जफत गरेको छ ।

Share News