नीति खुकुलो हुँदैछ, नेपालमा लगानी गर्नुहोस् : अध्यक्ष ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै उनले नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिँदै लगानी गर्न आग्रह गरेका हुन् । समिटमा सहभागिहरुलाई उनले सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै उनले नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिँदै लगानी गर्न आग्रह गरेका हुन् ।

समिटमा सहभागिहरुलाई उनले सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको गरेकोसमेत जानकारी दिएका थिए ।

ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने बताए ।

ढकालले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राखेका थिए । उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराए।

ढकालले नेपाल सरकारले व्यवसायिक प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यवसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए ।

Share News