
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अघिल्लो सरकारले जथाभाबी शिलान्यास गर्ने तथा विभिन्न आयोजना घोषणा गर्ने गरेका कारण अहिलेको सरकारलाई दबाब परेको बताएका छन् ।
१३औं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आयोजना गरेको कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार भइरहे पनि अघिल्लो सरकारले जथाभाबी शिलान्यास र घोषणा गरेका कार्यक्रममा स्रोत जुटाउन कठिन भइरहेको बताएका हुन् ।
‘अघिल्लो सरकारले स्रोतको सम्भाव्यता पहिचानै नगरी जथाभाबी कार्यक्रम घोषणा गरेका कारण स्रोत जुटाउन सरकारलाई दबाब परेको छ,’ उनले भने, अहिलेको सरकारलाई यो दबाबका बिच काम गर्नुपरिरहेको छ ।’