अख्तियारद्वारा ६ महिनामा २६ जना व्यवसायीमाथि भ्रष्टाचारको मुद्दा दायर

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्ष (आव) मा २६ जना व्यवसायीमाथि मुद्दा दायर गरेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनसार चालु आवको ६ महिनामा राजस्व चुहावट, गैरकानुनी लाभ वा हानी लगायतका विषयमा २६ जना व्यवसायीहरु विरुद्ध मुद्दा दायर गरेको हो । प्रतिवेदन अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा १९ जना व्यवसायी [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्ष (आव) मा २६ जना व्यवसायीमाथि मुद्दा दायर गरेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनसार चालु आवको ६ महिनामा राजस्व चुहावट, गैरकानुनी लाभ वा हानी लगायतका विषयमा २६ जना व्यवसायीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिवेदन अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा १९ जना व्यवसायी र दोस्रो त्रैमासिक अवधिमा ७ जना व्यवसायीलाई आयोगले अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सप्लायर्स, निर्माण व्यवसायी, इनर्जी कम्पनी लगायतका व्यवसायीहरु विरुद्द राजस्व चुहावट, गैरकानुनी लाभ लगायतका विषयमा अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा आरोपत्र अदालतमा दर्ता गरेको छ । जसमा १५६ जना कर्मचारी, २४ जना निर्वाचित पदाधिकारी, ६० जना मनोनित पदाधिकारी, २६ जना व्यवसायी र २९ जना अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु रहेका छन् ।

आयोगले ६ महिनाको अवधिमा आरोपपत्र दायर गरेका व्यक्तिहरु विरुद्ध २ अर्ब ६३ करोड ३२ लाख ८७ हजार ८०३ रुपैयाँ बराबरको बिगो रहेको उल्लेख गरेको छ । चालु आवको ६ महिनामा विभिन्न अदालतबाट ११९ वटा मुद्दाको फैसला प्राप्त भएको र आयोगले मुद्दाको फैसलामा चित्त नबुझेर ८२ वटा मुद्दाको पुनरावलोकन दर्ता गरेको जनाएको छ ।

गत आवदेखि सरेर आएका र चालु आवमा दर्ता भएका गरेर आयोगमा अहिलेसम्म २२ हजार १२७ वटा उजुरी परेको छ । जसमध्ये आयोगले १२ हजार ७२ वटा उजुरी छानबिनको क्रममा रहेको, १३७ वटा उजुरी विस्तृत छानबिनको प्रकृयामा अगाडि बढेको, १३४५ वटा उजुरी कारबाहीको लागि लेखि पठाइएको, ९४५ वटा उजुरी गाभिएको र २७२९ वटा उजुरी तामेलिमा राखिएको जनाएको छ ।

Share News