मेरोमाइक्रोफाइनान्स लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका सेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० वर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन [&hellip;]</p>

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको हो ।

सो साधारण सभामा संस्थाका सेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० वर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तव्य राखी सबैलाई स्वागत गरेका हुन् ।

सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको संस्थाको देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।

Share News