खराब कर्जा ८.८३ प्रतिशत पुगेपछि नेरुडे लघुवित्तको नाफा ६२.२५ प्रतिशत घट्यो

<p>काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६२.२५ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लघुवित्तको खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफामा असर [&hellip;]</p>

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६२.२५ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफामा असर गरेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर २४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत बढेर ११ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.२५ प्रतिशत बढेर ३५ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ६१.९६ प्रतिशत घटेर ३ करोड ५४ लाख रुपैयाँ छ । लघुवित्तको वितरण योग्य नाफा भने ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ, जगेडा कोष ५.२४ प्रतिशत बढेर ५९ करोड ५६ लाख रुपैयाँ, निक्षेप तथा सापटि ११ प्रतिशत बढेर ९ अर्ब २४ करोड रुपैयाँ र कर्जा ८.४६ प्रतिशत बढेर १० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ घटेर ६.७८ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ रहेको छ ।

Share News