काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग १४ वटा कर र ३० ठाउँमा जग्गा रहेको खुलेको छ । उनले आफ्नो फेसबुकबाट एउटा विज्ञप्ति जारी गर्दै आफूसँग भएको घरजग्गा सार्वजनिक थरेका हुन् ।
उनले उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको पनि बताएका छन् ।
मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् ।
‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् ।


