‘४६ ठाउँमा घरजग्गा छ, बचतकर्ताको पैसा तिर्न नगद छैन’

<p>काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम तिर्नका लागि आफूसँग नगद नभएको बताएका छन् । उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको बताएका हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम [&hellip;]</p>

काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम तिर्नका लागि आफूसँग नगद नभएको बताएका छन् । उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको बताएका हुन् ।

मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् ।

‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् ।

घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपील गरेका छन् । उनले आफू र आफ्नो परिवारको नामा ४६ ठाउँमा जग्गा रहेको पनि बताएका छन् ।

 

Share News