हिमालयन लघुवित्तको ब्याज आम्दानी ११,७२ करोड, खराब कर्जा ३.५९ प्रतिशत

<p>काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले [&hellip;]</p>

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १४ करोड ८० लाख रुपैयाँ, सञ्चालन नाफा ७५ लाख ११ हजार रुपैयाँ छ । वितरण योग्य नाफा भने १ करोड ९३ लाख रुपैयाँ ऋणात्मक छ ।

लघुवित्तको खराब कर्जा २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १६.५८ प्रतिशत, कस्ट अफ फण्ड ९.३१ प्रतिशत छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२५.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८५.७९ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११ करोड ८२ लाख रुपैयाँ, निक्षेप ९५ करोड ३८ लाख रुपैयाँ, सापटि २ अर्ब ९९ करोड रुपैयाँ र कर्जा ४ अर्ब ३९ करोड रुपैयाँ छ ।

Share News