मिथिला लघुवित्तको नाफा १ करोड ३३ लाख, ईपीएस १३.६० रुपैयाँ

<p>काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.४७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.२९ प्रतिशत थियो । पुस [&hellip;]</p>

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ४.४७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.२९ प्रतिशत थियो ।

पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ७ करोड ७ लाख रुपैयाँ, सञ्चालन नाफा १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १३ करोड १७ लाख रुपैयाँ, निक्षेप ९४ करोड ७४ लाख रुपैयाँ तथा सापटि १ अर्ब ३३ करोड रुपैयाँ र कर्जा प्रवाह २ अर्ब ४९ करोड रुपैयाँ गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १३.६० रुपैयाँ, नेटवर्थ प्रतिसेयर १६७.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८.७७ गुणा छ ।

Share News