
काठमाडौं । क्याप्टेन अनिशमान शाक्यले ०७४ सालदेखि नेपाल वायुसेवा निगमलाई बुझाउनु पर्ने ३२ लाख दुई हजार ८ सय ३२ रुपैयाँ बुझाएका छैनन् । नेपाल वायुसेवा निगममा कार्यरत शाक्यले निगमलाई बुझाउनुपर्ने पैसा नबुझाइ ०७४ सालमा राजीनामा दिएको र त्यसपछि ०७९ मंसिरमा अदालतले समेत बुझाउनुपर्ने पैसाको सावाँ, ब्याज र हर्जना समेत बुझाउन भनेको उनले नबुझाएको निगमले जनाएको छ ।
आइतबार निगमले एक सार्वजनिक सूचना प्रकाशित गर्दै क्याप्टेन शाक्यलाई ३५ दिनभित्र निगमलाई बुझाउनुपर्ने रकम बुझाउन भन्दै नबुझाएमा चल÷अचल सम्पत्तिबाट असल उपर गर्ने बताएको छ ।
