
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।
शुक्रबार डीआईजी चन्दले प्रहरी मुख्यालय नक्सालमा राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।
विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारीबीच भएको कुटाकुट छानबिन समितिले प्रहरीलाई मात्रै दोष दिएपछि उनले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।