बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न महानगरको ताकेता

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । पछिल्लोपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्राचार गरेको हो । राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेका अनुसार १५ दिनको समय दिएर पत्र पठाएको छ। तोकिएको अवधिमा कर नतिरे महानगरपालिकाको आर्थिक ऐनको दफा–२१ अनुसार कारबाही हुने महानगरले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । पछिल्लोपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्राचार गरेको हो ।

राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेका अनुसार १५ दिनको समय दिएर पत्र पठाएको छ। तोकिएको अवधिमा कर नतिरे महानगरपालिकाको आर्थिक ऐनको दफा–२१ अनुसार कारबाही हुने महानगरले जनाएको छ । ऐनमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् ।

मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ ।

क्लब, दोहोरी तथा बारहरू जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भिआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई महानगरले कर तिर्न पत्राचार गरेको हो ।

यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फूलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, वियरवार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ । यस्तै गल्कोपाखाका गुन्यूचोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब रहेका छन् ।

Share News