एक दर्जन बैंकमा सञ्चय कोष र सीआईटीको लगानी, कुन बैंकमा कति ?

<p>काठमाडौं । राज्यको लगानीमा सञ्चालित संस्था हुन् कर्मचारी सञ्चय कोष  र नागरिक लगानी कोष (सीआईटी)। राज्यको लगानीमा सञ्चालित यी दुवै संस्थाले योगदानकर्तालाई विभिन्न सेवाहरू प्रदान गर्दै आएका छन् । यी दुईटै कोषको एक दर्जन वाणिज्य बैंकमा अर्बाैं रुपैयाँबराबरको लगानी छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले १२ वटा वाणिज्य बैंकमा सेयर लगानी गरेर [&hellip;]</p>

काठमाडौं । राज्यको लगानीमा सञ्चालित संस्था हुन् कर्मचारी सञ्चय कोष  र नागरिक लगानी कोष (सीआईटी)। राज्यको लगानीमा सञ्चालित यी दुवै संस्थाले योगदानकर्तालाई विभिन्न सेवाहरू प्रदान गर्दै आएका छन् । यी दुईटै कोषको एक दर्जन वाणिज्य बैंकमा अर्बाैं रुपैयाँबराबरको लगानी छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले १२ वटा वाणिज्य बैंकमा सेयर लगानी गरेर लाभांश खाइरहेका छन् । कर्मचारी सञ्चय कोषले विभिन्न ८ वटा वाणिज्य बैंकमा लगानी गरेको छ भने नागरिक लगानी कोषले ५ वटा वाणिज्य बैंकमा लगानी छ ।

कर्मचारी सञ्चय कोष

हिमालयन बैंकको दोस्रो ठूलो सेयरधनीका रूपमा कर्मचारी सञ्चय कोष रहेकाे छ । यस बैंकमा कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको बैंले जनाएको छ ।

यस्तै, एनएमबि बैंकमा कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको छ ।

प्राइम कमर्सियल बैंकको तेस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता सेयर लगानी रहेको छ । सानिमा बैंकमा सञ्चय कोषको ४.२८ प्रतिशत अर्थात् ५३ लाख ३३ हजार ९६० कित्ता सेयर स्वामित्व रहेको छ ।

नेपाल बैंकमा सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय रुपैयाँको सेयर छ । नेपाल एसबिआई बैंकमा कर्मचारी संचय कोषको १५ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड ८० लाख ९४ हजार ३४० रुपैयाँ सेयर स्वामित्व छ ।

साविक प्रभु बैंक हुँदा कर्मचारी सञ्चय कोषको ३.९७ प्रतिशत अर्थात् ५० लाख ४३ हजार ९७५ कित्ता सेयर थियो भने साविक सेञ्चुरी बैंकमा ०.५८ प्रतिशत अर्थात् ५ लाख ५३ हजार ६९४ कित्ता सेयर स्वामित्व थियो । मर्जरपश्चात्को विवरण भने सार्वजनिक भएको छैन ।

नागरिक लगानी कोष

कुमारी बैंकमा नागरिक लगानीकाे काेषको ४.२० प्रतिशत अर्थात् ४९ करोड ४३ लाख ४२ हजार ७ सय रुपैयाँको सेयर लगानी रहेको जनाएको छ ।

लक्ष्मी सनराइज बैंकमा नागरिक लगानी कोष बैंकको ४.६३ प्रतिशत अर्थात् १ करोड २ लाख ८ हजार २ कित्ता सेयर स्वामित्व रहेको छ ।

सिटिजन्स बैंकमा लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा नागरिक लगानी कोषको १.८४ प्रतिशत अर्थात् ३३ करोड ७४ लाख ३५ हजार ३७१ रुपैयाँको सेयर थियो भने मेगा बैंकमा ०.७८७४ प्रतिशत अर्थात् ११ करोड ५३ लाख ९४ हजार ७१० रुपैयाँको सेयर थियो ।

ग्लोबल आइएमई बैंकमा भने दुईटै संस्थाको लगानी रहेको छ । कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत अर्थात् १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता सेयर र नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३२ लाख ८५ हजार ७८८ कित्ता सेयर रहेको बैंकले जनाएको छ ।

Share News