काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले पूर्वसूचना नदिई व्यवसायीलाई पक्राउ गर्न नहुने बताएका छन् । बिहीबार सीएनआईले पत्रकार सम्मेलन गर्दै पूर्वसूचना नदिई व्यवसायीलाई पक्राउ गर्न नुहने बताएका हुन् ।
बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सीएनआईले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो धारणा राखेको हो ।
‘सिधा गएर पक्राउ गर्नुमा हाम्रो बिमति छ, अरुणलाई पूर्व सूचना नदिई पक्राउ गरियो, प्रतिष्ठित व्यवसायीलाई पक्राउ गर्नुमा हाम्रो आपत्ति हो,’ अग्रवालले भने ।
देशमा लगानी सम्मेलनको तयारी हुँदै गर्दा यसले नकारात्मक असर पर्ने बताए । उनलाई तुरुन्त छोड्न पनि सीएनआईको आग्रह छ ।