भृकुटीमण्डपमा ‘नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु’, निर्माणका सम्पूर्ण सामग्री पाइने

<p>काठमाडौं । भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रदर्शनी माघ १८ गतेदेखि माघको २१ गतेसम्म सञ्चालन हुनेछ । निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु साथै यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई [&hellip;]</p>

काठमाडौं । भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रदर्शनी माघ १८ गतेदेखि माघको २१ गतेसम्म सञ्चालन हुनेछ ।

निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु साथै यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको हो । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका मन्त्री डा. प्रकाश शरण महतले गरेका हुन् ।

उद्घाटनमा क्रममा मन्त्री महतले प्रदर्शनीले व्यापार व्यवसाय प्रवर्द्धनमा थप मदत पुग्ने बताए । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरू रहेका छन् । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी साथै नयाँ-नयाँ प्रविधिको बारेमा उक्त प्रदर्शनीबाट थाहा पाउन सकिने बताएको छ ।

मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले यस्ता आर्थिक संकुचन हटाउन मद्दत पुग्ने विश्वास व्याक्त गरे । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने विश्वास भट्टराईले लिएका छन् ।

प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ । आयोजक टिमले मेला अवधिभर ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको छ ।

प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरूले सहभागिता रहेको छ । ४ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न सकिने छ । प्रदर्शनीमा निर्माण तथा घर बनाउँदा चाहिने आवश्यक सामग्रीहरू उपलब्ध छन् ।

 

Share News