
काठमाडौं । सरकारले त्रिभुवन, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलन सञ्चालन र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारेमा अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै उक्त निर्णय गरेको हो ।
पूर्वसचिव पूर्वसचिव संकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी सम्बन्धी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सह सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो।
निर्माण सम्पन्न भएर पनि दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र भएका विमानस्थलहरु एउटै प्याकेजमा सञ्चालन गर्नको लागि विकल्प खोज्न सरकारले आवश्यक निर्णय गर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विमानस्थल सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन गरेको हो ।