सञ्चय कोषले अब सञ्चयकर्ताको पति/पत्नीलाई पनि उपचार सुविधा दिने, यी अस्पतालबाट पाइन्छ सेवा

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको पति/पत्नीलाई पनि उपचार सेवा दिने भएको छ । कोषले फागुन १ गतेदेखि सञ्चयकर्ताको पति/पत्नीलाई पनि उपचार सेवा दिने जनाएको छ । यसअघि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको उपचार सेवा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति÷पत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ । कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधाअन्तर्गत [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको पति/पत्नीलाई पनि उपचार सेवा दिने भएको छ । कोषले फागुन १ गतेदेखि सञ्चयकर्ताको पति/पत्नीलाई पनि उपचार सेवा दिने जनाएको छ ।

यसअघि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको उपचार सेवा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति÷पत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ ।

कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधाअन्तर्गत २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख रुपैयाँ र घातक रोगको हकमा सेवा अवधिभर १० लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

आगामी फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको उक्त अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने कोषले बताएको छ ।

कोषका अनुसार कोशी प्रदेशका १५ अस्पताल, मधेश प्रदशका ९ अस्पताल, बागमती प्रदेशका ६० अस्पताल, गण्डकी प्रदेशका १५ अस्पताल, लुम्बिनी प्रदेशका १६ अस्पताल, कर्णाली प्रदेशका २ र सुदूरपश्चिम प्रदेशका ३ अस्पतालबाट उक्त सेवा उपलब्ध रहेका छन् ।

साथै, नेपाल सरकारका सबै केन्द्रिय अस्पताल, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल, शिक्षण अस्पतालहरूबाट पनि सेवा उपलब्ध रहेको कोषको भनाइ छ ।

[pdf id=461364]

Share News