पेट्रोलियम पदार्थको मूल्य १५ रुपैयाँसम्म बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेलमा २ [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ, डिजेल, मट्टितेलको मूल्य १५८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

Share News