हुण्डी कारोबारमा संलग्न काठमाडौंका दुई जना पक्राउ

<p>काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई कारोबारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले काठमाडौं जिल्लाका दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको अनामनगरस्थित बस्ने ५० वर्षिय युवराज प्रसाईं र हाल काठमाडौंको नयाँवस्तीमा बस्दै आएका ३० वर्षिय विश्वास राई रहेका छन् । राईको स्थायी ठेगाना भने सुनसरी [&hellip;]</p>

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई कारोबारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले काठमाडौं जिल्लाका दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको अनामनगरस्थित बस्ने ५० वर्षिय युवराज प्रसाईं र हाल काठमाडौंको नयाँवस्तीमा बस्दै आएका ३० वर्षिय विश्वास राई रहेका छन् । राईको स्थायी ठेगाना भने सुनसरी धरान उपमहानगरपालिका वडा नं. १९ हो । प्रहरीले उनीहरुलाई अवैध ३० लाख १८ हजार रुपैयाँ, दुई थान ल्यापटप, पाँच थान मोबाईलसहित पक्राउ गरेको हो ।

प्रहरीले युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रसाईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरेको थियो । सो क्रममा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्रकानुनी तवरबाट हुण्डी कारोबार गरिरहेको अवस्थामा फेला पारेको हो । त्यसैले, प्रहरीले निजहरुलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

Share News