स्पेनको एसएएससँग सहकार्य गर्दै मुक्तिनाथ कृषि कम्पनीले ल्यायो नयाँ प्रडक्ट

<p>काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा सुरु भएको ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनीमा कम्पनीले ‘जैविक मल तथा उत्सर्जक’ नामक नयाँ उत्पादन सार्वजनिक गरेको हो । कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स (एसएएस) सँग सहकार्य गरेर नेपाली बजारमा उक्त प्रडक्ट भित्र्याएको हो । जसको सार्वजनिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. वेदुराम भुसालले गरेका [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा सुरु भएको ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनीमा कम्पनीले ‘जैविक मल तथा उत्सर्जक’ नामक नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स (एसएएस) सँग सहकार्य गरेर नेपाली बजारमा उक्त प्रडक्ट भित्र्याएको हो । जसको सार्वजनिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. वेदुराम भुसालले गरेका हुन् ।

नेपालमा हाल बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिँदा बालीको वृद्धि हुन नसकेको अवस्थामा मध्यनजर गर्दै कम्पनीले उक्त प्रडक्ट ल्याएको बताएको छ । कम्पनीका अनुसार उक्त प्रडक्टले कृषि उत्पादन वृद्धि साथै बिरुवालाई पोषण मिल्ने छ ।

कम्पनीले यस प्रडक्टमा बालीको सम्पूर्ण वृद्धि अवस्था (वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने) चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्त्वहरू रहेको पनि जानकारी गराएको छ ।

Share News