
काठमाडौं । सरकारले नापनक्सा दर्ता भएर दर्ता गर्न छुट भएका जग्गाको दर्ताको लागि दुई वर्षे सूचना प्रकाशित गरेको छ । भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयले माघ ११ गते बिहीबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै नाप नक्सा भएर दर्ता हुन छुट भएका जग्गाहरु दुई वर्षभित्र दर्ता गर्न सकिने जनाएको हो ।
‘नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम क, को उपनियम (१) को प्रयोजनका लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नापनक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धी यस अघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले २ वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
[pdf id=460292]