भन्सार विभागका निर्देशक हरिहर पौडेललाई चेम्बरद्वारा सम्मान

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव रामप्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव रामप्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका थिए ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले बताए ।

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताएका थिए । उनले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

Share News