नेपाल-भारत सम्झौता : १० हजार मेगावाट विद्युत् व्यापारदेखि नवीकरणीय उर्जा क्षमता विकाससम्म

<p>काठमाडौं । नेपालको विद्युत् भारतमा व्यापार गर्नेदेखि नवीकरणीय उर्जाको विकासमा एकआपसमा सहकार्य गर्ने लगायतका विभिन्न विषयमा नेपाल भारत स्तरीय सम्झौता भएको छ । बिहीबार उर्जा जलश्रोत तथा सिंचाई सचिव गोपाल प्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल बीच नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरे भने नवीकरणीय उर्जाको विकास र उर्जा क्षेत्रमा क्यापासीटी [&hellip;]</p>

काठमाडौं । नेपालको विद्युत् भारतमा व्यापार गर्नेदेखि नवीकरणीय उर्जाको विकासमा एकआपसमा सहकार्य गर्ने लगायतका विभिन्न विषयमा नेपाल भारत स्तरीय सम्झौता भएको छ । बिहीबार उर्जा जलश्रोत तथा सिंचाई सचिव गोपाल प्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल बीच नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरे भने नवीकरणीय उर्जाको विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सहकार्य गर्न नेपाल विद्युत् प्रधिकरण र एनटिपीसी भारत बीच एमओयु सम्झौता भयो ।

नेपालका परराष्ट्र मन्त्री एनपी साउद, भारतीय समकक्षी विदेश मन्त्री एस जयशंकर र नेपालका उर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा भएको सम्झौता समारोहमा तीनवटा प्रसारण लाइनको उद्घाटन र नवीकरणीय उर्जा को विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सम्झौता भएका हुन् ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता नविनराज सिंहका अनुसार सम्झौता बमोजिम आपसी हित हुने गरी नेपाल भारत बीच दीर्घकालिन विद्युत् व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई अझ वृद्धि गर्ने र दुई मुलुक बीच विद्यमान, कार्यन्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रशारणलाई महतम उपयोग गरिने छ ।

दुवै पक्ष बीच विद्युत् निर्यातको परिमाण १० बर्षमा १० हजार मेगावाटसम्म पु¥याउने तथा यसको लागि आवशयक विद्युत् उत्पादन तथा प्रशारण संरचनाहरुको निर्माण र विकास गर्ने विषयमा सम्झौता भएको प्रवक्ता सिंहले बताए । सम्झौताको अवधि २५ वर्ष हुने र सम्झौता प्रत्येक १० वर्षमा स्वतः नविकरण हुने उनको भनाइ छ ।

‘यस सम्झौता बमोजिम सम्झौताको अवधि वा द्वीपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा प्रशारण लाइनको क्षमताको आधारमा कुनै पक्षले पेश गरेको प्रस्तावको आधारमा नेपाल भारत विद्युत् क्षेत्रको सहकार्यको लागि गठित जोइन्ट स्टेरिङ कमिटि÷जोइन्ट वर्किङ ग्रुपले गरे बमोजिम हुने छ’, प्रवक्ता सिंहले बताए ।

नवीकरणीय उर्जाको विकास र उर्जा क्षेत्रमा क्यापासीटी बिल्डिङमा सहकार्य गर्न नेपाल विद्युत् प्रधिकरण र एनटिपीसी भारत बीच एमओयु सम्झौतामा नेपाल विद्युत् प्रधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक प्रदिप थिके र एनटिपीसी भारतको तर्फबाट अन्तर्राष्ट्रिय व्यापार जनरल मेनेजर डा. जतिंदर सिंह चाँडोकले हस्ताक्षर गरेका छन् ।

साथै, बिहीबार नै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार कुशाहा–कटैया, परवानीपुर–रक्सौल र मैनहिया–न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा गरे । कुशाहा (नेपाल) कटैया (भारत) १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर (नेपाल) रक्सौल (भारत) १३२ केभी सेकेण्ड सर्किट र मैनहिया (नेपाल)–न्यू नौतनवा (भारत) १३२ केभी प्रसारण लाइन रहेका छन् ।

Share News