स्ट्याण्डर्ड चार्टर्ड बैंकको फस्यो ४९ करोड रुपैयाँ कर्जा

<p>काठमाठौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेको ४९ करोड रुपैयाँ कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नु परेको छ । बैंकको गत असारसम्मको तथ्याङ्क अनुसार ४८ करोड ९२ लाख ६९ हजार रुपैयाँ खराब कर्जा छ । बैंकको उक्त कर्जा वापत शतप्रतिशत कर्जा नोक्सानी (प्रोभिजनिङ) गर्नु परेको हो । सो वापत बैंकले ४६ करोड २२ लाख ५३ हजार रुपैयाँ [&hellip;]</p>

काठमाठौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेको ४९ करोड रुपैयाँ कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नु परेको छ । बैंकको गत असारसम्मको तथ्याङ्क अनुसार ४८ करोड ९२ लाख ६९ हजार रुपैयाँ खराब कर्जा छ । बैंकको उक्त कर्जा वापत शतप्रतिशत कर्जा नोक्सानी (प्रोभिजनिङ) गर्नु परेको हो । सो वापत बैंकले ४६ करोड २२ लाख ५३ हजार रुपैयाँ कर्जा नोक्सानीमा छुट्याएको हो ।

२०८० असारसम्म बैंकले ९५ अर्ब ७ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा कर्जा नोक्सानी वापत २ अर्ब २० करोड ९२ लाख रुपैयाँ छुट्याएको बैंकले जनाएको छ । ९० अर्ब ३८ करोड ७८ लाख रुपैयाँ कर्जामा १.३ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा राखेको छ ।

यस्तै, ३ अर्ब ५० करोड ७४ लाख रुपैयाँ कर्जा वाच लिष्टमा छ । सो कर्जामा बैंकले ५ प्रतिशत अर्थात् १७ करोड ४९ लाख १९ हजार रुपैयाँ कर्जा नोन्सानीको व्यवस्था गरेको छ । यस्तै, पुनरसंरचना गरेको ५ करोड ७१ लाख रुपैयाँ कर्जामा १२.५ प्रतिशत अर्थात् ७१ लाख ४९ हजार रुपैयाँ नोक्सानी राखेको छ ।

बैंकको ४५ करोड ६ लाख १४ हजार रुपैयाँ कमसल छ । सो कर्जामा २५ प्रतिशत अर्थात् ११ करोड २६ लाख ५३ हजार रुपैयाँ नोक्सानी राखेको बैंकको भनाइ छ । यस्तै, बैंकको शंकास्पद कर्जा १ करोड ७७ लाख ९६ हजार रुपैयाँ छ । सो कर्जामा बैंकले ५० प्रतिशत अर्थात् ८ करोड ८९ लाख ६३ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।

Share News