विदेशमा गइ परिवार पाल्छु भन्ने युवालाई गृह प्रशासनले हत्या गर्यो : सभापति लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् । सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् ।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको जिकिर गरे । उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताए ।

भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न गरे ।

‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गइ कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो, यो महशुस गरेर तपाईंहरु यो बैठकमा बस्नुहोला, हामीले दुई होनहार युवाको हत्या गरेका छौँ, भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ, विभिन्न राजनीतिक आस्थामा तपाईले कार्यभार सम्हालीसकेपछि भएका घटनाहरुको दृष्टान्त दिनैपर्छ,’,उनले भने ।

सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे ।

Share News